विधि र विधानको परिधिभित्र बसेर निर्णय नगर्दा पार्टी कमजोर– नेता सिंह « Khabarhub

विधि र विधानको परिधिभित्र बसेर निर्णय नगर्दा पार्टी कमजोर– नेता सिंह


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताएका छन् ।

पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उनले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए । “अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व कांग्रेसले पूरा गरे पनि जनताले किन कांग्रेसलाई विश्वास गर्न सकेन”, उनले प्रश्न गरे ।

पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताए । पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उनको भनाइ थियो ।

उनले पार्टीलाई सङ्घीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गरे। पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले सङ्घीयता कमजोर पार्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  २ : ३४ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा