मुलुकको आर्थिक अवस्था असन्तुलित भयो–डा. लोहनी « Khabarhub

मुलुकको आर्थिक अवस्था असन्तुलित भयो–डा. लोहनी


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन् ।

बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे । उनले भने,‘अर्को ६–७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ ।’ शनिबार राजधानीमा आयोजित एक साक्षातकारमा डा. लोहनीले वर्षभरिको राजश्वको आम्दानीले वर्षको खर्च धान्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।

वर्तमान सरकारको यो एक वर्षको अवधिमा भएको क्रियाकलापले वैदेशिक लगानी आउने लक्षण नरहेको पनि उनको दाबी छ ।

लोहनीले बजेटले मुलुकका मूल समस्याहरुलाई सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले भने,‘अहिले राजश्व दुरुपयोग भैरहेको छ । भ्रष्टाचार दिनदिनै बढिरहेको छ । आर्थिक अनुशासन छैन । यी सबै कुरालाई नियन्त्रण गर्ने लक्षण देखिएन ।’

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ७ : ३३ बजे

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन सक्ने

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा