प्रधानमन्त्रीद्वारा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शुभारम्भ, एक करोड दिने घोषणा « Khabarhub

प्रधानमन्त्रीद्वारा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शुभारम्भ, एक करोड दिने घोषणा


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ गरिएको छ । पोखरामा शनिवार एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शुभारम्भ गरेका हुन् ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदमा निर्वाचित भएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री रहँदा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएको थियो ।

उनको जन्म विसं २०२६ वैशाख २२ गते पोखरामा भएको थियो ।

अधिकारीको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारकोतर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्दै प्रधानमन्त्री ओलीले रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको उल्लेख गरे ।

रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराए ।

विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आपूmले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझारी, आक्रोश, रिस नदेखिएको र सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिका धनी भन्दै प्रशंशा गरे ।

रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं सो प्रतिष्ठानकी तदर्थ समितिका अध्यक्ष विद्या भट्टराईले यस्तो दुःखद् घडीको अवस्थाबाट गुज्रनुपर्ने विषयमा कहिले पनि नसोचेको उल्लेख गर्दै प्रतिष्ठानको माध्यमबाट रवीन्द्रको सपनालाई पूरा गर्न सदैव समर्पित भएर कार्य गर्ने प्रतिबद्धता प्रकट गरिन् ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : २१ बजे

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ