पार्लर नगइ घरेलु विधीबाट घरमै यसरी चम्काउनुस् अनुहार « Khabarhub

पार्लर नगइ घरेलु विधीबाट घरमै यसरी चम्काउनुस् अनुहार


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा छालाको हेरचाह गर्न निकै कठिन हुन्छ । चर्को घाम र पसिनाका कारण छालामा विभिन्न समस्याहरु देखा पर्छन् ।

त्यतिमात्र होइन धुवा धुलो र प्रदुषणले छालाका साथै अनुहारको निखारता पनि हराउन सक्छ । छालाको हेरचाह राम्रोसँग गरिएन भने अनुहार फुस्रो हुने, चाया पोतो आउने लगायतका समस्या पर्न सकछन् । त्यसैले छालाको हेरचाहमा विशेष ध्यान दिन जरुरी छ ।

आजभोलि अनुहार राम्रो बनाउनका लागि पार्लर जाने वा कस्मेटिक उपचार गर्ने प्रचलनमा विकास भएको छ तर त्यसले अनुहारको प्राकृतिक सुन्दरतालाई फिर्ता गर्दैन । त्यसका लागि तपाईले घरमा नै केही उपायहरु अपनाउन सक्नुहुन्छ ।

यसका लागि निकै उपयोगी हुन्छ, दही । दहीका साथमा नीमको प्रयोग थप उपयोगी हुनजान्छ ।

कसरी बनाउने फेसप्याक ?

दही र नीमको फेसप्याक बनाउन सजिलो छ । केही नीमको पात र दही भएमा यस्तो प्याक बनाउन सकिन्छ ।

त्यसका लागि केही नीमका पत्ताहरुलाई मिक्सरमा हाल्नुपर्छ । यसमा दुई टेबल चम्चा दही हाल्ने र त्यसलाई राम्ररी मिक्स गर्ने । अब यो पेस्टलाई आफ्नो स्किनमा लगाउने र १५ मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

के फाइदा ?

अनुहारमा निखार ल्याउन सहयोगीः यो फेस प्याक भिटामिन्स र पोषक तत्वहरुले भरपूर हुन्छ । यसले हाम्रो स्किन सेल्सलाई स्वस्थ राख्छ र यसले हाम्रो अनुहारमा चमक ल्याउँछ ।

दाग धब्बालाई कम गर्छः यो प्याकले खराब टिस्यूहरुलाई रिपेयर गर्छ । यसलाई दैनिक लगाउनाले अनुहारको दाग(धब्बा कम भएर जान्छ ।

घामबाट अनुहारको रक्षाः नीम र दहीको मिश्रणले सनस्कीनको रुपमा पनि काम गर्छ । यसले हाम्रो स्किनलाई खतरनाक यूभी किरणबाट बचाउँछ ।

नीममा एन्टी ब्याक्टेरिया हुने भएकाले यसले खटिरा, डन्डीफोरबाला ब्याक्टेरियालाई मार्छ ।

स्किन टोनलाई सेतो बनाउँछः यसले ब्लीचिङ एजेन्टको रुपमा पनि काम गर्छ । यसले तपाईंको स्किन टोन सेतो हुन्छ ।

छालाको रोगहरु पर भगाउँछः दही र नीमको पेस्टले सानातिना छालाका बिमारीहरुलाई ठिक पार्छ ।

छालालाई नरम बनाउँछः दहीले छालामा मोइस्चराइजरको रुपमा काम गर्छ र छालालाई मुलायम बनाउँछ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ३ : ३२ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको