कम उमेरमै सरकारी जागिर दिन प्रस्ताव « Khabarhub

कम उमेरमै सरकारी जागिर दिन प्रस्ताव


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — सांसदहरूले निजामती कर्मचारीको सेवा प्रवेश उमेर घटाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा चलिरहेको संघीय निजामती विधेयकमाथि छलफलमा उनीहरूले हालको सेवा प्रवेशको उमेरलाई १६ देखि ३० वर्षसम्म बनाउन प्रस्ताव गरेका हुन् । अहिले पुरुषका लागि १८ देखि ३५ र महिलाका लागि १८ देखि ४० वर्षसम्म छ ।

कान्तिपुर दैनिकको दोस्रो पृष्ठमा प्रकाशित समाचार अनुसार सेवा प्रवेशको शैक्षिक योग्यता पुगे उमेरका कारण अल्झिनुपर्ने बाध्यता कानुनमा सिर्जना गर्न नहुने राय सांसदहरूको छ ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले शैक्षिक योग्यता पुग्छ भने १६ वर्षबाट प्रवेशका लागि अवसर दिनुपर्ने बताए । हाल सेवा प्रवेशका लागि न्यूनतम एसईई पास गर्नुपर्छ ।

नियमित पढ्ने विद्यार्थीले १६ वर्षमा एसईई पास गरिसक्छन् । १६ वर्ष पुगेपछि नागरिकता पाइने प्रावधान छ । त्यसैले शैक्षिक योग्यता पुगेकाहरूलाई सरकारी सेवा प्रवेशमा किन व्यवधान गर्न नहुने सांसदहरूको तर्क छ । ‘१६ वर्ष पुगेपछि सेवा प्रवेशमा रोकिराख्नु आवश्यक छैन,’ सांसद बडुले भने ।

राजपा सांसद राजकिशोर यादवको तर्क पनि बडुकै जस्तो छ । नेपाली नागरिक भएको र शैक्षिक योग्यता पनि पुगेको व्यक्तिलाई उमेर हदका कारणले प्रवेशमा रोक्नु जायज नहुने भन्दै उनले नयाँ ऐनमा उमेर घटाउन प्रस्ताव गरे ।

सेवा प्रवेशको सुरुवाती उमेर नहटाए पनि अन्तिम उमेर ३५ र ४० बाट घटाएर ३० र ३५ बनाउनुपर्ने पक्षमा सांसदहरू अमरेशकुमार सिंह र प्रेम सुवाल पनि उभिएका छन् ।

उनीहरूले धेरै पाको उमेरमा सेवा प्रवेश गर्दा काममा ऊर्जा नआउने उनीहरूको तर्क छ । सांसदहरू रेखा शर्मा, झपट रावल, अञ्जना विशंखे, डिला संग्रौला, मीना पाण्डे, छक्कबहादुर लामा लगायतले भने सरकारी सेवामा काम गर्न व्यक्तिको परिपक्वता पनि चाहिने भएकाले अहिलेको उमेर हद नै कायम राख्न जायज हुने धारणा राखे ।

पहिलो पटक उमेर हदको विषय प्रवेश गरेपछि समिति के गर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन । सांसदहरूबीच फरक–फरक राय आए पनि उमेर घटाउने नयाँ विषयले समितिको ध्यानाकर्षण भएको छ ।

त्यसैले समिति सभापति शशि श्रेष्ठले उमेर हद घटाउने विषयमा अन्य कानुनी जटिलता हुन सक्छन् कि सक्दैनन् भन्ने जानकारी गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : ४२ बजे

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।