अमेरिकाले मध्यपूर्व पठायो एफ–२२ फाइटर विमान, इरानले अब के गर्छ ? | Khabarhub Khabarhub

अमेरिकाले मध्यपूर्व पठायो एफ–२२ फाइटर विमान, इरानले अब के गर्छ ?


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानसँगको तनाव कायम रहेका बेला अमेरिकाले आफ्नो एफ–२२ विमान मध्यपूर्व पठाएको छ । अमेरिकाको एयरफोर्सले एफ–२२ फाइटर विमान कतार पठाइएको हो । हर्मुजको स्ट्रेटमा इरानी फौजले अमेरिकी जासुसी सैनिक ड्रोन खसालेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा छ ।

अमेरिकाको एयर फोर्सले कतिओटा एफ–२२ विमान कतार पठाइएको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । सार्वजनिक भएको एक तस्वीरले भने कम्तिमा पाँचओटा विमान कतार पुगेको आशंका गरिएको छ ।

एयरफोर्सका अनुसार अमेरिकी फोर्सको रक्षा तथा यो क्षेत्रमा अमेरिकाको दायित्व पूरा गर्नको लागि पहिलोपटक उक्त फाइटर विमान कतार पठाइएको हो ।

इरानले अमेरिकाको सैन्य ड्रोन खसालेको अमेरिकाले एयर फोर्स विमान मध्यपूर्व पठाएको हो । इरानले उक्त ड्रोन इरानको आकाशमा रहेको बताउँदै आएको छ । अमेरिकाले भने उक्त ड्रोन अन्तर्राष्ट्रिय समुद्रमा रहेको बताएको छ ।

विश्लेषकका अनुसार इरानको मिसाइल सुरक्षा प्रणालीलाई लक्षित गरी कतारमा उक्त फाइटर विमान अमेरिकाले पठाएको हुनसक्ने बताएका छन् ।

कतारमा अमेरिकी फाइटर विमान पठाउने निर्णयले आगामी दिनमा इरान र अमेरिका थप द्वन्द्वको अवस्था आउनसक्ने बताइएको छ । इरानले अमेरिकी ड्रोन खसालेसँगै अमेरिकाले २ हजार सैनिक मध्यपूर्वमा पठाइसकेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : २६ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको