अमेरिकाले मध्यपूर्व पठायो एफ–२२ फाइटर विमान, इरानले अब के गर्छ ? « Khabarhub

अमेरिकाले मध्यपूर्व पठायो एफ–२२ फाइटर विमान, इरानले अब के गर्छ ?


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानसँगको तनाव कायम रहेका बेला अमेरिकाले आफ्नो एफ–२२ विमान मध्यपूर्व पठाएको छ । अमेरिकाको एयरफोर्सले एफ–२२ फाइटर विमान कतार पठाइएको हो । हर्मुजको स्ट्रेटमा इरानी फौजले अमेरिकी जासुसी सैनिक ड्रोन खसालेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा छ ।

अमेरिकाको एयर फोर्सले कतिओटा एफ–२२ विमान कतार पठाइएको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । सार्वजनिक भएको एक तस्वीरले भने कम्तिमा पाँचओटा विमान कतार पुगेको आशंका गरिएको छ ।

एयरफोर्सका अनुसार अमेरिकी फोर्सको रक्षा तथा यो क्षेत्रमा अमेरिकाको दायित्व पूरा गर्नको लागि पहिलोपटक उक्त फाइटर विमान कतार पठाइएको हो ।

इरानले अमेरिकाको सैन्य ड्रोन खसालेको अमेरिकाले एयर फोर्स विमान मध्यपूर्व पठाएको हो । इरानले उक्त ड्रोन इरानको आकाशमा रहेको बताउँदै आएको छ । अमेरिकाले भने उक्त ड्रोन अन्तर्राष्ट्रिय समुद्रमा रहेको बताएको छ ।

विश्लेषकका अनुसार इरानको मिसाइल सुरक्षा प्रणालीलाई लक्षित गरी कतारमा उक्त फाइटर विमान अमेरिकाले पठाएको हुनसक्ने बताएका छन् ।

कतारमा अमेरिकी फाइटर विमान पठाउने निर्णयले आगामी दिनमा इरान र अमेरिका थप द्वन्द्वको अवस्था आउनसक्ने बताइएको छ । इरानले अमेरिकी ड्रोन खसालेसँगै अमेरिकाले २ हजार सैनिक मध्यपूर्वमा पठाइसकेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : २६ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना