असार १५ का रमाइला फोटा- टाउकोदेखि छातीमा समेत रोपाइँ ! « Khabarhub

असार १५ का रमाइला फोटा- टाउकोदेखि छातीमा समेत रोपाइँ !


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार मुलुकभर धान दिवस मनाइँयो । धान दिवसमा अवसरमा मन्त्री, नेता, मेयर उपमेयरदेखि कलाकारहरु धान रोपाइँमा सरिक भए । उनीहरुका तस्वीर सामाजिक सञ्जालमा छरपस्ट छन् ।

 

त्यो भन्दा अनौठो धान रोपाइ फेसबुकमा अहिले भाइरल भएको छ । त्यो हो– केटीको छातीमा र केटाको टाउकोमा गरिएको धान रोपाइ । यो रोपाइले सवैको ध्यान खिचेको पनि छ । चर्चासँगै आलोचना पनि उत्तिकै छ ।


यता, ललितपुरका सांसद नवराज सिलवालले हातमा पन्जा र खुट्टामा टलक्क टल्किने जुत्ता लगाएर गरेको धान रोपाईको पनि छुट्टै चर्चा छ ।

यस्तै, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गृहजिल्ला गोरखामा धान रोपाइँ गरे । गोरखामा गोरु जोत्दै गरेको अवस्थामा भेटिएका डा.  भट्टराई पनि धान दिवसमा भाइरल बने । हात हलो समातेर शिरमा छत्रे टोपी लगाएका बाबुरामको धान रोपाइ पनि कसैको भन्दा कम रहेन ।

यता, चितवन नगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालले चितवनमा गरेका धान रोपाइले पनि विशेष चर्चा पायो । बाजागाजासहित उनी धान रोपाइमा सरिक भएकी थिइन् ।


त्यसो त हरेक वर्ष धान रोपाइमा अनेक किसिमका चर्चा चल्ने गरेका छन् । कहिले मन्त्रीले खेतमै महिलालाई गर्लम्म अंगालो मारेको विषय त कहिले गमलामा धान रोपेको विषयले चर्चा पाएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : २० बजे

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना

आजका समाचार : एएफयू जग्गा विवाद समाधानमा सरकारको पहल, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग र कुवेतको पूर्वाधारमा इरानको आक्रमण

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमानेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको

उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– पर्वतको कुश्मामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

चितवनमा १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्न सरकारको पहल

चितवन- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र