दयाहाङ र उपासनाको ‘कबड्डी ३’ भदौमै « Khabarhub

दयाहाङ र उपासनाको ‘कबड्डी ३’ भदौमै


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कमेडी जानरामा निर्माण भइरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ आउँदो भदौ १३ मा रिलिज हुने भएको छ । निर्माण टिमले यो फिल्म भदौ १३ गते रिलिज गर्ने जनाएको हो ।

सोही मितिमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको शीर्ष भूमिका रहने फिल्म ‘मारुनी’ पनि रिलिज हुँदैछ । जुन फिल्मले यसअघि नै रिलिज मिति तय गरेको थियो ।

हालै छायांकन सकिएको फिल्म ‘कबड्डी ३’ मा अहिलेका चल्तीका कलाकारको अभिनय छ । फिल्ममा दयाहाङ राई सहित उपासना सिंह ठकुरीको समेत शीर्ष भूमिका हुनेछ । उपासनाले अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ बाट चर्चा पाएकी थिइन् । उपासना र दयाहाङ राईसँगै कर्मा, बुद्धि तामाङ, रिश्मा गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्म छायांकनदेखि नै चर्चामा छ ।

तस्वीर – आर्यन बिमली

अर्कातिर यो फिल्मको हाइप अझ बढी हुने आँकलन गरिएको छ । किनकि, यसअघि नै यसका दुई भाग व्यावसायिक रुपमा सफल भइसकेका छन् ।

उपेन्द्र सुब्बा र रामबाबु गुरुङले लेखेका यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । यो फिल्म वर्षकै प्रतीक्षित फिल्ममध्ये एक हो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ०० बजे

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई