गर्मीमा खानुस् भिन्डीको तरकारी, पुग्छ यस्तो फाइदा « Khabarhub

गर्मीमा खानुस् भिन्डीको तरकारी, पुग्छ यस्तो फाइदा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानपानलाई ध्यान दिन सकियो भने शरीरमा आवश्यक पर्ने पोषक तत्वसहित अन्य तत्वहरुको पूर्ती गर्न सकिन्छ ।

यसका लागि केही तरकारी निकै उपयोगी हुन्छ । त्यसमध्येको एक ही भिन्डी । चिप्लेभेन्डीसमेत भनिने यो तरकारीमा भरपूर मात्रामा पोषक तत्व पाइन्छ ।

भिन्डी स्वादको लागी मात्र नभइ स्वास्थको लागी पनि उत्तिकै उपयोगी हुन्छ । भिन्डीमा भरपूर मात्रामा पोषक तत्व पाइन्छ । जसले शरीरको पूर्ण विकासमा मद्दत पुर्‍याउँछ । यसमा क्याल्सियम, आइरन, जिंक, पोटेसियम, एन्टी अक्सिडेन्ट्स पाइन्छ ।

गर्मीमा मानिसहरु चाढै थाक्ने गर्छन् । त्यसको कारण भनेको रगतमा ल्याक्टिक एसिड र अन्य केमिकलहरुको स्तर बढ्नु हो । तर, भिन्डीमा भएको पोषक तत्वले त्यस्ता रसायनहरुको स्तरलाई नियन्त्रण गर्छ र शरीरमा थकान घटाउनका लागी सहयोग गर्छ । त्यसैले गर्मीमा भेन्डिको तरकारी प्रयोग फाइदाजनक हुन्छ ।

त्यस्तै भिन्डीको सेबनले शरीरको तौल घटाउन सहयोग गर्छ ।

भिन्डीमा डायटरी फाइबर हुन्छ जसले लामो समयसम्म तपाई पेट अघाएको महसुस गराउँछ ।

भिन्डिले रगतमा गुल्कोजको मात्रामा समेत कमी ल्याउन सहयोग गर्छ । त्यसैले मधुमेह भएका मानिसको लागि पनि यो उपयोगि हुन्छ ।

फाइवर धेरै हुने भएकाले भिन्डिको तरकारीले पाचक प्रक्रियालाई पनि राम्रो राख्न सहयोग गर्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ०६ बजे

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा