रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति « Khabarhub

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध जारी अनुसन्धानका लागि म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका लेखकको बिहीबारदेखि बयान लिन थालिएको छ। उनलाई जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला प्रहरी परिसरले पाँच दिनको म्याद लिएको थियो । 

पहिलो पटक अदालत लगिएका लेखकलाई पनि यस पटक भिडियो कलबाटै दोस्रो म्याद लिइएको छ। 

अहिले खकलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । 

भदौको जेन-जी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनेको थियो । त्यही आयोगको सिफारिसका आधारमा उनलाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ७ : ४० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष