गर्मीमा खानुस् भिन्डीको तरकारी, पुग्छ यस्तो फाइदा « Khabarhub

गर्मीमा खानुस् भिन्डीको तरकारी, पुग्छ यस्तो फाइदा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानपानलाई ध्यान दिन सकियो भने शरीरमा आवश्यक पर्ने पोषक तत्वसहित अन्य तत्वहरुको पूर्ती गर्न सकिन्छ ।

यसका लागि केही तरकारी निकै उपयोगी हुन्छ । त्यसमध्येको एक ही भिन्डी । चिप्लेभेन्डीसमेत भनिने यो तरकारीमा भरपूर मात्रामा पोषक तत्व पाइन्छ ।

भिन्डी स्वादको लागी मात्र नभइ स्वास्थको लागी पनि उत्तिकै उपयोगी हुन्छ । भिन्डीमा भरपूर मात्रामा पोषक तत्व पाइन्छ । जसले शरीरको पूर्ण विकासमा मद्दत पुर्‍याउँछ । यसमा क्याल्सियम, आइरन, जिंक, पोटेसियम, एन्टी अक्सिडेन्ट्स पाइन्छ ।

गर्मीमा मानिसहरु चाढै थाक्ने गर्छन् । त्यसको कारण भनेको रगतमा ल्याक्टिक एसिड र अन्य केमिकलहरुको स्तर बढ्नु हो । तर, भिन्डीमा भएको पोषक तत्वले त्यस्ता रसायनहरुको स्तरलाई नियन्त्रण गर्छ र शरीरमा थकान घटाउनका लागी सहयोग गर्छ । त्यसैले गर्मीमा भेन्डिको तरकारी प्रयोग फाइदाजनक हुन्छ ।

त्यस्तै भिन्डीको सेबनले शरीरको तौल घटाउन सहयोग गर्छ ।

भिन्डीमा डायटरी फाइबर हुन्छ जसले लामो समयसम्म तपाई पेट अघाएको महसुस गराउँछ ।

भिन्डिले रगतमा गुल्कोजको मात्रामा समेत कमी ल्याउन सहयोग गर्छ । त्यसैले मधुमेह भएका मानिसको लागि पनि यो उपयोगि हुन्छ ।

फाइवर धेरै हुने भएकाले भिन्डिको तरकारीले पाचक प्रक्रियालाई पनि राम्रो राख्न सहयोग गर्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ०६ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज