प्रहरी र विप्लव समूहबीच २० मिनेटसम्म दोहोरो भिडन्त « Khabarhub

प्रहरी र विप्लव समूहबीच २० मिनेटसम्म दोहोरो भिडन्त


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाबामा गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच करिब २० मिनेटजति दोहोरो भिडन्त भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘लंग रेन्ज पेट्रोलिङ’ (गस्ती) टोली र विप्लव समूहबीच सोमबार बिहान संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा करिब २० मिनेट दोहोरो गोली हाना हान भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायररिङ शुरु गरेको हो ।

प्रहरी र विप्लव समूहबीच विहान ९ः५५ बजदेखि गोली हानाहान शुरु भएकोमा १०ः१५ बजेतरि विप्लव समूहका कार्यकर्ता तितरवितर भएका जनाइएको छ ।

दोहोरो गोली हानाहानमा भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।

जिल्लाका विभिन्न क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको भन्दै केन्द्रको निर्देशनानुसार संखुवासभा प्रहरीले लामो दुरीको गस्ती (लंग रेन्ज पेट्रोलिङ) शुरु गरेको छ ।

यसै क्रममा असार १० गते (गत मंगलबार) जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव निरीक्षक (सई) टिकराम सुनारको कमाण्डमा ७ जनाको टोली खटिएको थियो । उक्त टोलीमा सशस्त्र प्रहरी बलबाट पनि सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सोही टोलीमा प्रहरी चौकी सिसुवाटारबाट थप २ जना प्रहरी पनि खटिएका थिए ।

‘एयिया क्लियर’ गर्ने अभियानअन्तर्गत १० जनाको टोली सोमबार बिहान संखुवासभाको सिलिङचोङ गाउँपालिकाको १ नम्बर वडामा पुगेको थियो ।

प्रहरी प्रधान कार्यालयले भने ‘एरिया क्लियर’ गर्ने क्रममा गस्तीमा रहेको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर खोलिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले दोहोरो गोली हानाहान भएको पृष्टि गरेको छ । यद्यपि गोली हानाहानका क्रममा कुनै भौतिक क्षति भए–नभएको विषयमा घटनास्थलबाट जानकारी प्राप्त नभएको जिप्रका स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : १८ बजे

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री