प्रहरी र विप्लव समूहबीच २० मिनेटसम्म दोहोरो भिडन्त « Khabarhub

प्रहरी र विप्लव समूहबीच २० मिनेटसम्म दोहोरो भिडन्त


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाबामा गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच करिब २० मिनेटजति दोहोरो भिडन्त भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘लंग रेन्ज पेट्रोलिङ’ (गस्ती) टोली र विप्लव समूहबीच सोमबार बिहान संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा करिब २० मिनेट दोहोरो गोली हाना हान भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायररिङ शुरु गरेको हो ।

प्रहरी र विप्लव समूहबीच विहान ९ः५५ बजदेखि गोली हानाहान शुरु भएकोमा १०ः१५ बजेतरि विप्लव समूहका कार्यकर्ता तितरवितर भएका जनाइएको छ ।

दोहोरो गोली हानाहानमा भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।

जिल्लाका विभिन्न क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको भन्दै केन्द्रको निर्देशनानुसार संखुवासभा प्रहरीले लामो दुरीको गस्ती (लंग रेन्ज पेट्रोलिङ) शुरु गरेको छ ।

यसै क्रममा असार १० गते (गत मंगलबार) जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव निरीक्षक (सई) टिकराम सुनारको कमाण्डमा ७ जनाको टोली खटिएको थियो । उक्त टोलीमा सशस्त्र प्रहरी बलबाट पनि सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सोही टोलीमा प्रहरी चौकी सिसुवाटारबाट थप २ जना प्रहरी पनि खटिएका थिए ।

‘एयिया क्लियर’ गर्ने अभियानअन्तर्गत १० जनाको टोली सोमबार बिहान संखुवासभाको सिलिङचोङ गाउँपालिकाको १ नम्बर वडामा पुगेको थियो ।

प्रहरी प्रधान कार्यालयले भने ‘एरिया क्लियर’ गर्ने क्रममा गस्तीमा रहेको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर खोलिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले दोहोरो गोली हानाहान भएको पृष्टि गरेको छ । यद्यपि गोली हानाहानका क्रममा कुनै भौतिक क्षति भए–नभएको विषयमा घटनास्थलबाट जानकारी प्राप्त नभएको जिप्रका स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : १८ बजे

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता

वार्ताअघि युक्रेनका लागि फ्रान्सको कडा शर्त

एजेन्सी – फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

बागमती– मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा