सांसदहरुलाई उपलब्ध गराउन लागिएको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजियो–सभामुख « Khabarhub

सांसदहरुलाई उपलब्ध गराउन लागिएको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजियो–सभामुख


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ ।

संघीय संसदका सांसदहरुकोे भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको हो । ६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो ।

समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि डिजिटलाइज्ड बनाउने अभियान अन्र्तगत नै सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको बताए ।

उनले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो समेत गरे । सभामुख महराले मन्त्रिपरिषद् बैठकमा पेपर लेस गरि ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरि ल्यापटप दिन लागिएको स्पष्ट पारे ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिबमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गरिन् ।

उनले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेज को रुपमा भिडियो प्रोफाईल रहेको बताइन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताको अस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताए । जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उनको थियो ।

संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाइल संसद दिवसको सन्र्दभ पारेर सार्वजनिकिकरण गरिएको हो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ५१ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ