विद्युतिय बस किन्न साझालाई प्रदेश नम्बर तीन सरकारले दियो ३० करोड « Khabarhub

विद्युतिय बस किन्न साझालाई प्रदेश नम्बर तीन सरकारले दियो ३० करोड



काठमाडौं– साझा यातायात सहकारी संस्थालाई विद्युतिय बस खरिदका लागि प्रदेश नम्बर तीन सरकारले रकम हस्तान्तरण गरेको छ ।

सोमबार राजधानीमा आयोजित वातावरणमैत्री युरो मापदण्डका २० वटा बस सेवा शुभारम्भ र विद्युतीय बस संचालनको लागि सम्झौता तथा चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारले उक्त रकमको चेक साझालाई हस्तान्तरण गरेको हो ।

विद्युतिय बस खरिदका लागि प्रदेश तीन सरकारले रु ३० करोड रुपैयाँको चेक साझालाई हस्तान्तरण गरेको हो । त्यस्तै ललितपुर महानगरपालिकाले २ करोड ५० लाखको चेक साझालाई हस्तान्तरण गरेको छ ।

साझासँगको सहकार्यमा आगामी दिनमा प्रदेश ३ लयायत नेपालभरि विद्युतिय बस सञ्चालन गरिने राखिएको छ ।

प्रदेश भित्रका शहरहरुमा विद्युतिय सवारि चलाउजे लक्ष्य रहेको प्रदेश-३ का आर्थिक तथा मामिला मन्त्री कैलाशमणि डुङ्गेलले बताए ।

कार्यक्रममा मुख्मन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्री, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर लगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ०२ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको