प्रधानमन्त्रीको फोटोलाई लिएर बहस– कस्तो आडम्बर, कस्तो दम्भ र अहंकार ! « Khabarhub

प्रधानमन्त्रीको फोटोलाई लिएर बहस– कस्तो आडम्बर, कस्तो दम्भ र अहंकार !


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू–संरक्षण विभावको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपणको आयोजना गरिएको थियो ।

त्यसअघि आयोजित कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

उक्त कार्यक्रमको एक तस्वीर सामाजिक सञ्जालमा चर्चामा रहेको छ जसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका छन् ।

तस्वीरमा देखिए अनुसार कार्यक्रममा आफ्नो मन्तव्य राखिरहेका छन् वन मन्त्री शक्तिबहादुर बस्नेत । पछाडि डायसमा प्रधानमन्त्री केपी ओली अन्य अतिथी भन्दा अगाडि भव्य खालको सोफामा बसेका छन् ।

अन्य अतिथिहरु पछाडि लाइनै बसेका छन् ।

ओली पत्नी राधिका शाक्य, शताब्दि पुरुष सत्यमोहन जोशी, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कानूनमन्त्री भानुभक्त ढकाल, गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री ओली भन्दा पछाडि राखिएको कुर्सीमा लाइनै बसेका छन् । त्यसभन्दा पछाडि पनि केही अतिथिहरु बसेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिलाई विशेष आशन हुन सामान्य कुरा हो । त्यसमा पनि देशका प्रधानमन्त्रीलाई विशेष खालको आसनको व्यवस्था हुन अस्वभाविक होइन ।

तर केही दिन यता राजनीतिक दल र नेताहरुका सलामी लगायतका हर्कतका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस्ता विषयलाई नकारात्मक रुपमा चित्रण गरिरहेका छन् । यसै बेला प्रधानमन्त्री केपी ओली अरुभन्दा अगाडि ठूलो खालको सोफामा बसेको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसको आलोचना गरेका छन् । उनीहरुले त्यसलाई दम्भको रुपमा लिएका छन् ।

उनीहरुको तर्क छ– शताब्दि उमेर पुगेका सत्यमोहनलाई अगाडि राखेर आफू पछाडि बस्दा प्रधानमन्त्रीको कद घट्दैन थियो ।
केहीले भने ओलीले सत्यमोहनसँगै बस्छु भन्न नसक्नु दुखद् भन्दै आलोचना गरेका छन् ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामले एक कार्यक्रममा विशेष खालको कुर्सीको व्यवस्था गरिएको थियो । तर, उनी उक्त कुर्सीमा नबसी अरु अतिथी सरहको कुर्सी मगाएर बसेको तस्वीर भन्दै सेयर ग‍रिरहेका छन् ।

त्यसलाई उदाहरण दिँदै सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिमान त्याग्न प्रधानमन्त्रीलाई सल्लाह दिएका छन् र भीआइपीलाई यस्तो आशन बनाएर चाप्लुसी गर्नेहरुको चर्को आलोचना गरेका छन् ।

एक जना समाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री ओलीको तस्वीर (माथिको) सेयर गर्दै लेखेका छन्– कस्तो शौख, कस्तो आडम्बर, कस्तो दम्भ, अहंकार !!

गणतन्त्रात्मक मुलुकका प्रधानमन्त्रीलाई सामन्तवादी संस्कारको निरन्तरतामा कस्तो मोह वाह  !! शतक नाघेका सम्पूर्ण समाजले आदर गर्ने शताब्दी वाङ्मय पुरूष सत्यमोहन जोशीसँगै बस्छुसम्म भन्न सकेनन् । अनि यस्तो चाकरी गर्नेहरूको दास मनफवृत्ति ! हरे हरे, धिक्कार छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ५४ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप