महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन « Khabarhub

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् ।

आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् ।

उक्त क्षेत्रमा पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा नहर निर्माण भएको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुनसकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीले भारतले टनकपुरबाट नहरमा पानी न छोड्दा नहर बने पनि यहाँका किसानले सिँचाइ सुविधा पाउन नसकेको बताए ।

‘निर्माण सम्पन्न भएको नहरमा चार वर्षअघि नै परीक्षणसमेत भइसकेको हो, त्यसपछि भारतीय पक्षले नहरमा पानी छोडेको छैन’, उनले भने, ‘पाँच हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउने संरचना तयारी अवस्थामा छन् ।’

चार वर्षअघि उक्त नहर परीक्षणका क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन ।

निर्देशक मरासिनीले टनकपुरबाट पानी छोड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी)ले पानी छोड्न नमानेको बताए । ‘यसका लागि माथिल्लो निकायबाट पहल हुन जरुरी छ, हामीले पटकपटक पहल गरिरहेका छौँ’, आयोजना निर्देशक मरासिनीले भने, ‘यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ ।’

टनकपुरस्थित एनएचपीसीका कर्मचारीले दिल्लीको आदेश आउनेबित्तिकै पानी छोड्छौँ भन्ने जवाफ आयोजना कार्यालयलाई दिने गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाउनसके नेपालले महाकाली सन्धिअनुसार महाकाली नदीबाट पानी पाउने अपेक्षा गरिएको छ ।

‘माथिल्लो निकायबाट कूटनीतिक पहल भए नहरमा पानी सञ्चालन हुनेमा हामी आशावादी छौँ’, आयोजना निर्देशक मरासिनीले भने, ‘केही दिनअघिमात्रै दुवै देशका अधिकारीबीच यस विषयमा काठमाडौँमा छलफल भएको छ ।’ उनले मन्त्रालय र भारतीय पक्षले मागेका सूचनासमेत उपलब्ध गराएको बताउँदै नहरमा छिट्टै पानी सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

महाकाली सन्धि सम्झौताअनुसार भारतीय पक्षले टनकपुरबाट नेपालको सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ । सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र वर्षात्मा एक हजार क्यूसेक पानी नेपालले पाउनुपर्ने उल्लेख छ ।

आव २०६३–६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माणकार्यले गति लिन सकेनको थिएन । सरकारले आव २०७६–७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको थियो ।

लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म १० अर्ब ७४ करोड बजेट खर्च भइसकेको छ ।

चालु आवमा पनि आयोजनाका लागि करिब दुई अर्ब बजेट विनियोजन भएको छ । महाकाली सिँचाइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ९ : १२ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको