चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जले असार २१ गते (आगामी शनिबार)देखि जिप सफारी बन्द गर्ने भएको छ ।

वर्षा शुरु भएसँगै निकुञ्ज कार्यालयले जिप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको ढकालको भनाइ छ ।

हालम्म निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट ७ ओटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।

निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा ५ हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले १ सय ५०, सार्क मुलुकका पर्यटकले १ हजार र विदेशीले २ हजार राजस्व बुझाउने गर्दछन् ।

ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए । निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ ।

निकुञ्जले यस वर्षको जेठसम्ममा २७ करोड रुपैयाँ राजस्व सङ्कलन गरिसकेको छ । हरेक वर्ष २ लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ५४ बजे

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु