फिल्ममा जम्न नसकेकी हुन् एलिसा ? | Khabarhub Khabarhub

फिल्ममा जम्न नसकेकी हुन् एलिसा ?


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा उनको अभिनय थियो । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो । यो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो ।

खास गरी लघु चलचित्रमा अभिनय गर्ने एलिसा यो फिल्मपछि म्युजिक भिडियोमा एकाएक छाइन् । तर, उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन । पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त रहेकी एलिसाले चलचित्रमा भने देख्न चाहेका छन् ।

भलै फिल्ममा भने एलिसा खासै जम्न सकिनन् । तर उनको व्यस्तता घटेको छैन । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त भइरहेकी एलिसा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् ।

हालै उनी एक कार्यक्रमका लागि हङकङ पुगेकी छिन् । व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् । कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेका छन् । राम्रो भूमिका पायो भने फिल्ममा काम गर्दा राम्रै हुने थियो नि हैन र ?

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ५७ बजे

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण