सशस्त्र प्रहरीका ४ पूर्व आइजीलाई भ्रष्टाचार मुद्दामा सफाइ « Khabarhub

सशस्त्र प्रहरीका ४ पूर्व आइजीलाई भ्रष्टाचार मुद्दामा सफाइ


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलका ४ जना पूर्व महानिरीक्षक (आईजी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

सशस्त्रका ४ जना पूर्व आइजीहरु कोषराज वन्त, शैलेन्द्र कुमार श्रेष्ठ, बासुदेव वली र सनत कुमार बस्नेतसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य (न्यायाधीश)हरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको सोमबारको इजलाशले भ्रष्टाचार मुद्दामा ४ जना पूर्व आइजीलाई सफाइ दिएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय (हलचोक)का लागि सामान ढुवानीमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तसहित ४ जना आइजीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले गरेको छानबिनबाट सामान ढुवानी नै नगरी वन्तसमेतको संलग्नतामा अनियमितता भएको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले वन्तकै बयानका आधारमा पूर्व आईजीहरु सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीविरुद्ध समेत मुद्दा दायर गरेको थियो ।

अख्तियारले पूर्व आइजी वन्तसँग १०, बस्नेतसँग ८ करोड, श्रेष्ठसँग १ करोड र बासुदेवी वलीसँग ७० लाख धरौटी माग गरेको थियो ।

अख्तियारले पूर्व आइजी वन्तसहित सशस्त्र प्रहरीका तत्कालीन लेखा प्रमुख (सशस्त्र प्रहरी निरीक्षक) बिन बहादुर थापा, भरत कुमार थापा, अरविन्द धिताल, जगत नारायण श्रेष्ठ, आनन्द थापामगर, मिलन अधिकारी र उज्जवल थपलियाविरुद्ध १८ माघ २०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस्तै पूर्व आइजी सनत कुमार बस्नेतविरुद्ध १७ फागुन २०७२ मा मुद्दा दर्ता गरिएको थियो । बस्नेतविरुद्धको मुद्दामा तत्कालीन लेखा प्रमुख (सशस्त्र प्रहरी निरीक्षक) बिन बहादुर थापासहित मनुहिरा महत, शिव बहादुर अधिकारी, देवेन्द्र कुमार श्रेष्ठ, निल बहादुर श्रेष्ठ र लेखबहादुर खत्रीलाई पनि प्रतिबादी बनाइएको थियो ।

यस्तै पूर्वी आईजी शैलेन्द्र कुमार श्रेष्ठविरुद्ध २४ माघ २०७२ मा दर्ता भएको मुद्दामा तकमान महरा, राम चन्द्र श्रेष्ठ र भरत कुमार थापालाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो ।

पूर्व आइजी बासुदेव वलीविरुद्ध २९ माघ २०७२ मा दर्ता भएको मुद्दामा तत्कालीन लेखा प्रमुख (सशस्त्र प्रहरी निरीक्षक) बिन बहादुर थापा एवम् महेन्द्र बहादुर कार्कीलाई पनि प्रतिवादी बनाइएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  २ : ३५ बजे

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड