पाण्डव पुजारा गजल: किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ « Khabarhub

पाण्डव पुजारा गजल: किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


  • पाण्डव पुजारा

किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ ।
शहीदका छोरा हामी देश सुधार्न जान्नुपर्छ ।

असारको महिना तिर कोदालो र हलो बोकी,
उबो काले उनो फुर्के भन्दै गोरु जोत्न जान्नुपर्छ ।

बर्षायाममा हिलो संग लडीबुडी गर्दै,
भविष्यमा धान हुने, बिऊ रोप्न जान्नुपर्छ ।

आकाशबाट पानी नझर्दा, खडेरी भई बिऊ सुक्ने,
बाली नाली सुधार्नलाई, पानी लाउन जान्नुपर्छ ।

गहुँ पाक्ने बैशाख जेठमा, धान पाक्ने कार्तिक
पाकेको धान भकारीमा टाली राख्न जान्नुपर्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : १७ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान