दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै « Khabarhub

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

४४ करोड ८७ लाख लागतमा १५ दशमलव ५८ किलोमिटर सडक कालोपत्र हुन लागेको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनाअन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ ।

अब छिट्टै कालोपत्रको काम सुरु हुने निर्माण कम्पनी एमसी–एएनएस बिजी जेभी, काठमाडौँका प्रतिनिधि सिलन बरालले बताए । उनका अनुसार निर्माणकार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको उनको भनाइ छ ।

उनका अनुसार स्थानीय निर्माण व्यवसायीसँगको समन्वयमा आवश्यक निर्माण उपकरण, सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको हो । अस्फाल्ट प्रविधिबाट उक्त सडक कालोपत्र हुनेछ । त्यसका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायतका उपकरण जडान भइसकेका छन् ।

दसैँअघि बेस तथा सवबेसको काम सम्पन्न लक्ष्य राखिएको उनले बताए । सडक निर्माणमा गुणस्तरलाई समेत ध्यानमा राखिएको प्रतिनिधि बरालले बताए । आगामी चैतभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ५ : ३१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र