दुबईका शासककी श्रीमती छोराछोरीसहित ३ करोड १० लाख पाउण्ड लिएर भागिन् « Khabarhub

दुबईका शासककी श्रीमती छोराछोरीसहित ३ करोड १० लाख पाउण्ड लिएर भागिन्


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– संयुक्त अरब इमिरेट्स युएईअन्तर्गत दुबई इमिरेटका शासक तथा युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनले आफ्ना २ बच्चा र ३ करोड १० लाख पाउण्ड लिएर नाटकीय रुपमा देश छाडेकी छिन् ।

दुबईका शक्तिशाली एवं धनाढ्य शासक मोहम्मद बिन रशिद अल मख्तूमकी छैटौं श्रीमती हाया बिन्त अल हुसैन अहिले दुबई छाडेर लण्डनमा लुकेर बसिरहेकी छिन् । उनले तत्कालै शरणको निवेदन दिएको र शासक मोहम्मद बिन रशिद अल मख्तूमसँग सम्बन्धविच्छेदका लागि पनि तयारी थालेको बताइएको छ ।

जर्मन दूतावासको सहयोगमा उनले आफ्ना ७ वर्षे छोरा जइद र ११ वर्षे छोरी अल जलिलालाई लिएर दुबईबाट भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुबईले उनलाई स्वेदश फिर्ता गर्न माग गरेपनि जर्मन अधिकारीले उक्त माग अस्वीकार गरेको बताइएको छ ।

यससँगै जर्मनी र युएईबीच कूटनीतिक संकट उत्पन्न हुनसक्ने देखिएको छ । बिन्त हुसैनले आफूलाई धोका दिएको शासक बिन रशिदले आरोप लगाउँदै आएका छन् । ४५ वर्षे बिन्त हुसैन जोर्डनका राजा अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी गत फेब्रुअरी महिनायता देखिन छाडेकी थिइन् ।

दुबईको राजपरिवारमा महिला सदस्यको अवस्थालाई लिएर चिन्ता उत्पन्न हुने गरेको छ । एक वर्षअघिमात्र शासक बिन रशिदकी छोरी शेखा शमसालाई पनि दुबईमा ‘सुरक्षित साथ राखिएको’ बताइन्छ । त्यसयता उनी सार्वजनिक समारोहमा देखा परेकी थिइनन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : १३ बजे

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने