स्थानीय सरकारबारे विज्ञहरुका आ-आफ्नै धारणा « Khabarhub

स्थानीय सरकारबारे विज्ञहरुका आ-आफ्नै धारणा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विज्ञहरुले ‘सांसद पूर्वाधार विकास कोष’ ले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको दाबी गर्दै आपत्ति जनाएका छन् ।

स्थानीय विकास मन्त्रालयका पूर्व सचिव खेमराज नेपालले संघीय सरकरले विनियोजन गरेको सो कोषले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले कामै गर्न नदिएको दाबी गर्दै आपत्ति जनाए । स्थानीय सरकारको स्वयत्ततामाथि हस्तक्षेप हुने गरी संघीय सरकारले विनियोजन गरेको सो कोष अनुचित भएको पनि उनको निष्कर्ष छ ।

विकास पत्रकार मंच नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय सरकार कति सवल ?’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व सचिव नेपालले संवैधानिक व्यवस्था अनुसार स्थानीय सरकारलाई काम गर्ने वातावरण समेत बन्न नसकेको दाबी गरे । उनले सामाजिक विकासको क्षेत्रमा स्थानीय सरकारहरुले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

कार्यक्रममा बोल्दै खोज पत्रकारिता अनुसन्धान केन्द्रका अध्यक्ष शिव गाउँलेले बजेट विनियोजनमा समेत स्थानीय तहमा विभेद हुने गरेको बताए । त्यसैगरी नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघीय सरकारको हस्तक्षेपकारी भूमिकाका कारण स्थानीय सरकारले संविधान बमोजिम आफ्नो कामलाई अघि बढाउन नसकेको दावी गरे ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्