प्रदेश–१ का मुख्यमन्त्री राई अमेरिका प्रस्थान « Khabarhub

प्रदेश–१ का मुख्यमन्त्री राई अमेरिका प्रस्थान


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुने नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री राई सोमबार साँझ अमेरिका प्रस्थान गरेका हुन् ।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नेछन् ।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नेछन् । गी भइसकेका छन् ।

सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोशियसन अफ नेपालीज इन दि अमेरिका, एसोशियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्र्तराष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : ४६ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन