प्रदर्शनकारीद्वारा हङकङको व्यवस्थापकीय भवनमा तोडफोड | Khabarhub Khabarhub

प्रदर्शनकारीद्वारा हङकङको व्यवस्थापकीय भवनमा तोडफोड


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– प्रदर्शनकारीले हङकङको व्यवस्थापकीय परिषद्को भवन तोडफोड गरेका छन् ।

सन् १९९७ मा हङकङलाई बेलायतले चीनसमक्ष हस्तान्तरण गरेको २२ औं वर्ष पुगेको अवसरमा आयोजित प्रदर्शनमा सहभागी प्रदर्शनकारीले व्यवस्थापकीय परिषद् भवनमा तोडफोड गरेका हुन् । प्रदर्शनमा दशौं हजार सहभागी थिए ।

पछिल्ला केही सातायता विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा रहेका प्रदर्शनकारीले सोमबार यहाँको व्यवस्थापिका भवनमा प्रवेश गरी झ्यालढोका, भित्तामा टाँगिएका पेन्टिङ र भित्तामा तोडफोड गरेका हुन् ।

ट्राफिक साइन र अन्य औजार लिएर व्यवस्थापिका भवन प्रवेश गरेका आक्रोशित प्रदर्शनकारीले तोडफोड गरेका हुन् । त्यसपछि व्यवस्थापकीय परिषद्ले प्रदर्शनकारीलाई पछि हट्न आह्वान गरेको थियो । दंगा प्रहरीले भने तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध तत्कालै केही कदम नचालेको बताइएको छ । त्यसको केही समयपछि दंगा प्रहरीले प्रदर्शनकारीमाथि मरिचको धूलो र लाठी प्रहार गरी उनीहरुलाई बाहिर लगेका थिए ।

त्यसपछि पनि प्रदर्शनकारीले व्यवस्थापकीय परिषद्को भवन अगाडी प्रदर्शनलाई निरन्तरता दिएका थिए । प्रदर्शनकारीले हङकङको स्वतन्त्रताको पनि माग गरेका थिए ।

पछिल्लो समय विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन हुँदै आएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले उक्त विधेयक अनिश्चितकालका लागि स्थगीत गरेपनि प्रदर्शनकारीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता लिइनुपर्ने तथा प्रमुख कार्यकारी लामले राजीनामा दिनुपर्ने माग गर्दै पछिल्ला केही सातायता प्रदर्शनलाई तीब्र पार्दै लगेका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : १५ बजे

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइनेछ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि

रामहरिको बयान- कर्मचारीले ‘कुलिङ अफ पिरियड’ हटाइदिन भने, शिक्षामन्त्रीलाई आएको फोनले हस्ताक्षर रोकियो

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू

२८३३ अंकमा झर्‍यो नेप्से, कारोबार पनि १० अर्ब तल

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै

कुलिङ पिरियडबारे राप्रपाले भन्यो-  ठूला दलका दम्भले चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन

काठमाडौं– राप्रपा सांसद एवं कुलिङ आफ पिरियडमा भएको गडबडी छानबिन