दमन नरोके प्रतिशोध गर्ने विप्लव नेकपाको चेतावनी « Khabarhub

दमन नरोके प्रतिशोध गर्ने विप्लव नेकपाको चेतावनी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेका छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सङ्खुवासभामा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको निन्दा गर्दै विप्लव नेकपाले दमन नरोके प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

पार्टीका प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपी वली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवं भर्त्सना गर्दछ ।’

विप्लव नेकपाले अविलम्ब दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने विज्ञप्तिमार्फत चेतावनी समेत दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ३६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर