भारतको एक विवाहमा २ अर्ब खर्च, पाहुना थिए रामदेव बाबादेखि कट्रिना कैफसम्म « Khabarhub

भारतको एक विवाहमा २ अर्ब खर्च, पाहुना थिए रामदेव बाबादेखि कट्रिना कैफसम्म


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देहरादून– उत्तराखण्डको अउली नगरमा भएको भव्य वैवाहिक कार्यक्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ ।

स्थानीय अधिकारी अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराहरुको विवाहका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । स्थानीय सफाई कर्मचारीले बिहेका कारण दुर्गन्धित भएको क्षेत्रमा पूर्ण रुपमा सफाई गरिएको जनाएका छन् । दक्षिण अफ्रिकाका गुप्ता परिवारका दुई छोराको विवाह समारोह गत जुन १८ देखि २२ सम्म भएको थियो ।

फोहोर विसर्जनका लागि गुप्ता परिवारले ५४ हजार भारतीय रुपैयाँ नगर प्रशासनलाई दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नगर प्रशासनले विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको जनाएको छ । त्यस्तै, उत्तराखण्ड उच्च अदालतले एक आदेश जारी गर्दै जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याबारे प्रतिवेदन बुझाउन भनेको छ ।

अत्यन्त भव्य विवाह समारोहमा करिब २ अर्ब रुपैयाँ खर्च भएको गुप्ता परिवारले जनाएको छ । विवाह समारोहमा उच्चपदस्थ भारतीय राजनीतिक नेताहरु, मुख्य मन्त्री, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका पाहुनाहरु सहभागी थिए ।

विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो । विवाहमा धेरै फोहोर भएको भन्दै गुप्ता परिवारलाई स्थानीय प्रशासनले डेढ लाख भारतीय रुपैयाँ जरिवान तिराएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : २४ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा