ट्रम्पसँग नैतिक आदर्श नभएको दलाइ लामाको टिप्पणी | Khabarhub Khabarhub

ट्रम्पसँग नैतिक आदर्श नभएको दलाइ लामाको टिप्पणी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नैतिक आदर्श नभएको टिप्पणी गरेका छन् ।

बीबीसीसँगको अन्तरवार्ताका क्रममा तिब्बती धर्मगुरुले ट्रम्पसँग नैतिक आदर्शको कमी रहेको जनाएका हुन् । भारतमा निर्वासित जीवन बिताइरहेका लामाले ट्रम्पको स्वभावबारे टिप्पणी गर्दै उनको मन बदलिरहने समेत बताए ।

उनले ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिको समेत आलोचना गरेका छन् । अमेरिकासँग विश्वव्यापी जिम्मेवारी रहेको र ‘अमेरिका पहिलो’ नीति यो जिम्मेवारीबाट विमुख हुने किसिमको रहेको उनको भनाइ छ ।

आप्रवासनसम्बन्धी युरोपेली प्रवृत्तिबारे बोल्दै उनले ईयूले थप आप्रवासी स्वीकार गर्दै उनीहरूलाई शिक्षा र तालिम दिनुपर्ने बताए । त्यसो गर्दा ती आप्रवासी बलियो भएर आफ्नो देश फर्कने र देश बनाउन लामाको भनाइ छ ।

अन्तरवार्ताका क्रममा उनले तिब्बत फर्किने आशा अझै नमरेको तर चीन सरकारको सोच साँघुरो भएको बताए । अन्तर्वार्ताका क्रममा उनले आफ्नो उत्तराधिकारी महिला बनेमा उनी ‘आकर्षक’ हुनुपर्ने विवादास्पद धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’