टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट « Khabarhub

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।

नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल गरे। तर कप्तान सावित्रा भण्डारी साम्बा र गोलकिपर अञ्जना रानामगरको प्रहार असफल भएपछि नेपाल पराजित भयो ।

खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक प्रदर्शन गर्दै दोस्रो मिनेटमै पहिलो गोल गर्‍यो। त्यसपछि ११औं मिनेटमा उज्बेकिस्तानले आत्मघाती गोलको मद्दतले अग्रता दोब्बर बनायो। उज्बेक कप्तानको प्रहार डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।

नेपालका लागि २४औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गरिन् । डिबक्स बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार जाली चुम्दा स्कोर २–१ भएको थियो ।

तर ३८औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो, जब नेपाली डिफेन्डर सरस्वती हमालले ह्याण्ड गरिन्। सो अवसरमा शोएमोभले गोल गर्दै उज्बेकको अग्रता पुनः फराकिलो बनाइन्।

दोस्रो हाफमा १० खेलाडीमा सिमित उज्बेकिस्तानविरुद्ध नेपालले पुनरागमन गर्‍यो। उज्बेक खेलाडी इग्रासेभाले हाफको अन्त्यतिर सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्।

७१औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–२ मा ल्याइन्। त्यसको दुई मिनेटपछि नै उनले ह्याट्रिक पुरा गर्दै खेललाई ३–३ को बराबरीमा ल्याइन्। नेपालका लागि एतिहासिक पुनरागमनको सम्भावना देखिए पनि, टाइब्रेकरमा त्यो सपना अधुरै रह्यो।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ४३ बजे

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके– बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ