बैद्यखानालाई ७ दिनभित्र कार्ययोजना पेश गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन | Khabarhub Khabarhub

बैद्यखानालाई ७ दिनभित्र कार्ययोजना पेश गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् ।

सरकारको एकमात्र आधिकारिक जडिबुटि जन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामबारबाही बारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्को अनुगमन गरेका हुन्।

अनुमगनका क्रममा वैद्यखानामा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो । ४५ भन्दा बढी कर्मचारी रहेको बैद्यखानामा चार जना मात्रै काममा रहेको भेटिएपछि स्वास्थ्यमन्त्री यादव असन्तुष्ट भएका थिए ।  उनले वैद्यखानामा वार्षिक प्रगति विवरण र आगामी कार्ययोजना समेत भेटाएनन् ।

स्वास्थ्य मन्त्री यादवले बैद्यखानाका प्रबन्ध निर्देशकलाई प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : २३ बजे

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै

काठमाडौं– नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३०

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)

काठमाडौं– विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि

गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु

काठमाडौं– इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५