यस्ता चिजहरु धेरै नखानुस् घट्दै जान्छ स्मरण शक्ति « Khabarhub

यस्ता चिजहरु धेरै नखानुस् घट्दै जान्छ स्मरण शक्ति


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि विस्तारै  कमजोर बन्दै जान्छ । खानपान र जीवनशैलीले तपाईंले आफ्नो स्मरण शक्तिलाई जिवितै राख्न सक्नुहुन्छ । यसका लागि तपाईंले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यदि यस्ता चिजहरू तपाईले धेरै सेवन गर्नुभयो भने तपाईको स्मरण शक्ति विस्तार घट्दै जान सक्छ । यस्ता के चिज धेरै मात्रामा खानु हुँदैन यसबारेमा तपाईलाई जानकारी नहुन सक्छ । जुन निम्न छन्–

बढी चिल्लो
बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ । तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ ।

चुइङगम
धेरैको चुइङगम चपाउने बानी हुन्छ । तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ ।

कार्बोहाइड्रेट युक्त खानेकुरा
कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पु¥याउँछ ।

नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ ।

जंक फुड
जंक फुड अधिक मात्रामा खानुहुन्छ भने पनि तपाईंको स्मरणशक्ति घट्दै जान्छ भने डिप्रेसन र एन्जाईटी समेत गराउँदछ ।

फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ । तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन । यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जाने चिकित्सकहरु बताउँछन् ।

चिनी
चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा ह्रास आउने गर्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ०० बजे

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ