यस्ता चिजहरु धेरै नखानुस् घट्दै जान्छ स्मरण शक्ति « Khabarhub

यस्ता चिजहरु धेरै नखानुस् घट्दै जान्छ स्मरण शक्ति


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि विस्तारै  कमजोर बन्दै जान्छ । खानपान र जीवनशैलीले तपाईंले आफ्नो स्मरण शक्तिलाई जिवितै राख्न सक्नुहुन्छ । यसका लागि तपाईंले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यदि यस्ता चिजहरू तपाईले धेरै सेवन गर्नुभयो भने तपाईको स्मरण शक्ति विस्तार घट्दै जान सक्छ । यस्ता के चिज धेरै मात्रामा खानु हुँदैन यसबारेमा तपाईलाई जानकारी नहुन सक्छ । जुन निम्न छन्–

बढी चिल्लो
बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ । तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ ।

चुइङगम
धेरैको चुइङगम चपाउने बानी हुन्छ । तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ ।

कार्बोहाइड्रेट युक्त खानेकुरा
कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पु¥याउँछ ।

नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ ।

जंक फुड
जंक फुड अधिक मात्रामा खानुहुन्छ भने पनि तपाईंको स्मरणशक्ति घट्दै जान्छ भने डिप्रेसन र एन्जाईटी समेत गराउँदछ ।

फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ । तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन । यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जाने चिकित्सकहरु बताउँछन् ।

चिनी
चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा ह्रास आउने गर्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ०० बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट