धार्मिक क्षेत्रमा उदार देखिए इमरान, ‘बन्दूकको नाल’मा मुसलमान बनाए कारबाही ! « Khabarhub

धार्मिक क्षेत्रमा उदार देखिए इमरान, ‘बन्दूकको नाल’मा मुसलमान बनाए कारबाही !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खान पछिल्लो समय विभिन्न कामका कारण चर्चामा छन् । उनले धार्मिक सहिष्णुता कायम राख्न चालेका कदमले पनि उनको थप चर्चा भएको छ ।

केही दिन अघि लामो समयदेखि बन्द रहेको पाकिस्तानको भएको एउटा हिन्दू मन्दिरमा पूजा आजाका लागि खोल्न लगाएको कामले चर्चा बटुलिरहेका बेला इमरानले अहिले पुन जबरजस्ती मुसलमान नबनाउन दिएको अभिव्यक्तिले चर्चा पाएको हो ।

अन्य धर्म मान्नेहरुलाई जबरजस्ती मुसलमान बनाइएको भन्दै प्रधानमन्त्री इमरान खानले नै विरोध जनाएका छन् । उनले सोमबार इस्लामाबादमा एक समारोहलाई सम्बोधन गर्दै त्यस्तो काम नगर्न चेतावनी दिए ।

उनले बन्दूकको नालमा मानिसलाई मुसमान बनाउनु गैर–इस्लामी हुने भन्दै त्यस्तो गरिए कारवाहीको भागिदार हुने चेतावनी दिए ।

उनले अन्य व्यक्तिलाई इच्छा विपरित आफ्नो धर्ममा ल्याउने अधिकार अल्लाहले पैगम्बरलाई पनि नदिएको भन्दै कुरानमा स्पष्ट लेखिएको छ कि को कुन आस्थाको साथ जन्मिन्छ त्यो अल्लाहको इच्छा भएको बताए ।

अल्लाहले स्पष्ट भनेको थिए कि तपाईको काम सन्देश प्रसार गर्ने हो र यो काम जबरजस्ती गर्ने होइन । बन्दुकको नालबाट कसैलाई तपाईं मुसलमान बनाउनु अथवा मुसलमान नभएकोमा मार्नु यो सम्पूर्ण रुपले गैर–इस्लामिक हो ।’

इमरान खानले इस्लाम र कुरानमा केही कुरामा पनि जबरजस्ती नभएका कारण इस्लामले इजाजत नदिएको काम नगर्न सुझाव दिए । इमरानले पाकिस्तानको निर्माण हिन्दू एलिटको स्थानमा मुस्लिम एलिटलाई पुनरस्थापित गर्न मात्र नभएको बताए ।

इमरानले सम्बोधनको क्रममा भने,‘ हामीले आदर्श मान्ने मदीना राज्यमा राजा पनि कानुन मुनि हुन्थ्यो । मदीनाको शासनले अल्पसंख्यकको पनि भेदभाव गर्दैनथ्यो ।’उनले सम्बोधनका क्रममा भने, हामी हिन्दूहरुलाई भन्न चाहन्छौ कि जे पनि हामी गर्न सक्छौं त्यस हिसाबमा हामी धर्मको रक्षा गर्नेछौं । हामी आफ्नो सुन्नतकै आधारमा यो गर्नेछौं ।’

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : २३ बजे

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन