इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार « Khabarhub

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि मङ्गलबारसम्ममा ‘हर्मुज घाँटी’ लाई स्वतन्त्र आवागमनका लागि खुला नगरेमा इरानले अर्को भयङ्कर आक्रमणको सामना गर्नुपर्ने र इरानले महत्वपूर्ण पूर्वाधार ध्वस्त भएको हेर्नुपर्ने चेतावनी दिएका थिए ।

युद्ध अन्त्यका लागि वार्ता गर्न ४५ दिनको युद्धविराम प्रस्तावलाई इरानले नकारेको हो । समाचार एजेन्सी आइआरएनएले भनेको छ, ‘इरानले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति पाकिस्तानलाई आफ्नो प्रतिक्रिया जानकारी गराएको छ । दश बुँदामा तयार गरिएको प्रतिक्रियामा इरानले युद्धविरामलाई अस्वीकार गरेको छ र द्वन्द्वको निश्चित अन्त्यको आवश्यकतामा जोड दिएको छ ।’

यसअघि, इरानले युद्ध अन्त्यका लागि केही शर्त अघि सारेको थियो । युद्ध तेह्रौँ दिनमा प्रवेश गर्दै गर्दा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने सुनिश्चितता (ग्यारेन्टी) नभएसम्म सङ्घर्ष नरोकिने स्पष्ट पारेको छ ।

यता अमेरिकी राष्ट्रपतिट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताएका छन् । ‘यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँगको अन्तक्रियामा भने, ‘अहिले मध्यस्थकर्ताहरूले युद्धविरामका लागि कुराकानी गरिरहेका छन् ।’

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १० : २५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष