सामाजिक अभियन्तालाई पुरस्कार « Khabarhub

सामाजिक अभियन्तालाई पुरस्कार


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- छुवाछूतमुक्त तथा जातीय विभेदविरुद्धको अभियानमा लागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का टङ्कप्रसाद आचार्यलाई ‘शहीद मनोज जोशी स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

जिल्लामा कायम रहेको छुवाछूत तथा जातीय विभेद अन्त्य गर्ने अभियानमा लाग्नुभएका ७६ वर्षीय आचार्यलाई शहीद मनोज जोशीको २८औँ स्मृति दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा नगद पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

हिन्दु संस्कारमा हुर्किएका आचार्यले आफ्नो समाजमा कायम रहेको छुवाछूत तथा जातीय विभेद अन्त्य गर्न अभियान थालेकाले प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको आयोजक शहीद मनोज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । प्रदेशसभा सदस्य राजन राईले आचार्यलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरे ।

समाजमा महिला र पुरुषबाहेक अन्य जात नरहेको भन्दै छुवाछूत तथा जातीय विभेद गर्नु दण्डनीय हुने आचार्यले बताउँदै आएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ५१ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट