मोटरसाइकल र ट्रक दुर्घटना हुँदा २ को मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल र ट्रक दुर्घटना हुँदा २ को मृत्यु


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो ।

बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएको थियो ।

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ०८ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी