टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन « Khabarhub

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको सुरुवात गरेका छन् । साथै मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत शुरु गरेका छन् ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो । सेवा सुरुवात गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरूमा धेरै आउनुको कारण यही भएको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।

टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ, मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्रा.डा सुभास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।

बिरामी सङ्ख्या अधिक भए पनि इमर्जेन्सीमा शैय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परे पछि अस्पतालले शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पुर्‍याएको हो । यसअघि आठ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् ।  

कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शैय्या रहनेछ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ५६ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच