तौल बढेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी सात तरिका | Khabarhub Khabarhub

तौल बढेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी सात तरिका


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अचेल खानपानका कारण मानिसको तौल बढ्ने गरेको छ । तौल घटनाउनका लागि मानिसहरु हैरान हुन्छन् ।

नियमित व्यायामसँगै बजारमा पाइने तौल घटाउने मेसिनहरुको प्रयोग गर्दा पनि तौल नघटेर सास्ती खेपिरहनुभएको छ भने तौल घटाउने केही यस्ता उपाय छन् । जुन तपाईंले अनुशरण गर्नुपर्ने हुन्छ ।

भारतीय सिनियर कन्सल्टेन्ट डा. दिप गोयलबताले त्यस्ता सात तरिका औंल्याएका छन् जुन तपाईंको तौल बढ्नमा जिम्मेवार रहन्छ । यस्ता बानीमाथि ध्यान दिएर तपाईंले बढिरहेको तौलमाथि नियन्त्रण गर्न सक्नुहुन्छ ।

बसिरहनुः
एक घण्टा लगातार बसिरहनुहुन्छ भने एक महिनामा तपाईंको तौल एक किलो बढ्छ । त्यसकारण लगातार नबस्नुहोस् । अफिसमा तपाईं बसेर काम गर्नुहुन्छ भने छिनछिनमा हिँड्ने गर्नुहोस् ।
अमेरिकाको लुसियाना विश्वविद्यालयको अनुसन्धानका आधारमा धेरै बेरसम्म बसिरहँदा शरिरमा नराम्रो कोलेस्ट्रोल र बोसो बढ्दछ जसले मोटोपना तीब्र रुपमा बढ्ने गर्दछ ।

टीभी हेरेर खानुः
यदि तपाईंको टिभी हेरेर खाने बानी छ भने आजैदेखि यसलाई छोड्नुहोस् किनभने टीभी हेर्दै खानुहुन्छ भने तपाईंको तौल एक महिनामा ६ सय ग्राम बढ्दछ । टिभी हेर्दै र फोनमा कुरा गर्दै खादाँ हामीले थाहै नपाई धेरै खानेकुरा खाइरहेका हुन्छौं ।
एक अनुसन्धानका अनुसार यदि खानेबेला हाम्रो ध्यान खानामा केन्द्रित हुँदैन भने हामीलाई सन्तुष्टि मिल्दैन । यसो गर्नाले खाना खाएको केही बेर पछि नै भोक लाग्दछ र हामीले थाहै नपाई धेरै खाइरहेका हुन्छौं ।

सुत्नुभन्दा पहिले खानुः
सुत्नुभन्दा पहिले खाना खानुहुन्छ भने तपाईंको तौल करिब ८ सय ग्राम बढ्छ । सुत्नुभन्दा कम्तीमा पनि एकघण्टा अघि खाना खानुहोस् । राति सुत्नुभन्दा पहिले खाना खान मनलाग्छ भने त्यो भोकको कारणले नभई तनाव वा बानीका कारण हुने गर्दछ । खाएर तुरुन्तै सुत्नुहुन्छ भने शरिरमा क्यालोरी खर्च हुँदैन र तपाईंको तौल बढ्ने गर्दछ ।

राति अबेर सुत्नुः
राति अबेर सुत्दा पनि महिनाभरीमा ८ सय ग्राम तौल घट्दछ । राती अबेरसम्म नसुत्ने बानी यदि छ भने हटाउनुहोस् । राती अबेरसम्म नसुत्दा हाम्रो ‘बडी क्लक’ तलमाथि हुने गर्दछ जसले शरिरमा हर्मोन्सको ब्यालेन्स बिगार्नुका साथै मेटाबोलिजम सुस्त हुने समस्या आउँछ । यसले तौल बढ्न सहयोग गर्दछ ।

कम सुत्नुः
पर्याप्त मात्रामा शरिरले निन्द्रा नपाउँदा महिनाभरी ८ सय ग्राम तौल बढ्छ । आफ्नो निन्द्राको आवश्यकतालाई इग्नोर नगर्नुहोस् । शरिरको क्रियालाई सही राख्नका लागि दैनिक ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ । योभन्दा कम सुत्नुहुन्छ भने शरिरमा तौल बढाउने हर्मोन्सको मात्रामा वृद्धि हुने अध्ययनले देखाउँछ ।

धेरै नुन खानुः
अत्याधिक नुन खाँदा महिनाभरीमा तपाईंको तौलमा २ सय ग्रामको वृद्धि हुन्छ । अत्यधिक नुन वा धेरै नुनिलो खानेकुरा खानबाट बच्नुहोस् । धेरै नुनका कारण वाटर रिटेन्सन (शरिरमा पानीको व्यालेन्स बिग्रने) समस्या निम्तिन्छ । यसले शरिर सुन्निने र तौल बढ्ने गर्दछ ।

हिँड्नबाट बच्नुः
दिनभरीमा १ किलोमिटर पनि हिँड्नुहुँदैन भने तपाईंको तौल महिनाभरी ६ सय ग्राम बढ्छ । यदि धेरै टाढा जानुछैन भने गाडीको सट्टा पैदल यात्रा गर्नुहोस् । दैनिक १ किलोमिटर पैदल यात्रा गर्दा १ सय क्यालोरी खर्च हुन्छ जसले तौल घट्न सहयोग गर्दछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : १९ बजे

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा

सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री 

गण्डकी– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल

स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास

तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप

१३ वर्षीया बालिकामाथि घरबेटीको गिद्धेदृष्टि : आरोपित प्रहरीको नियन्त्रणमा

काठमाडौं – सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती