आमिरको बाधक बन्दै अक्षयकुमार ! « Khabarhub

आमिरको बाधक बन्दै अक्षयकुमार !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड स्टार आमिर खान पछिल्लो समय खासै चल्न सकेका छैनन् । लामो अन्तरालमा दर्शकमाझ आउने आमिर त्यही चलचित्रबाटै वाहवाही कमाउथे ।

उनको चलचित्रलाई भारतीय दर्शक मात्र नभएर विश्वभरका दर्शकले साथ दिन्थे । तर पछिल्ला केही चलचित्र हेर्दा अब त्यो अवस्था रहेन ।

गत वर्षको प्रदर्शनमा आएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ पनि नचलेपछि उनी नयाँ प्रोजेक्टमा व्यस्त छन् ।

उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर देखिदैछिन् ।

यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ । तर, अब भने आमिरले क्रिसमसमा सोलो रिलिजको अवसर नपाउने भएका छन् । यो मितिमा नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘बच्चन पाण्डे’ रिलिज हुने भएको छ ।

यो चलचित्रको फस्टलुक सहित प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई फरहाद साम्जीले निर्देशन गर्दैछन् । ‘बच्चन पाण्डे’ एक्सन चलचित्र हो ।

क्रिसमसमा लक्की मानिदै आएका आमिरलाई यसपटक भने अक्षयले ठूलै चुनौती दिने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : ४२ बजे

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा