मोबाइलमा धेरै नभुल्नुस् यस्ता समस्या निम्तिन्छन् « Khabarhub

मोबाइलमा धेरै नभुल्नुस् यस्ता समस्या निम्तिन्छन्


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँछन् ।

क्यालिफोर्नियाको सिमोन बोलिभोर युनिभर्सिटीको अध्ययनले दिनभर ५ घण्टा प्रयोग गर्दा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म बढ्नसक्ने पाइएको छ । अध्ययनमा मोबाइलमा व्यस्त रहँदा शारीरिक गतिविधि नहुनु र धेरै खानेकुरा खानु पनि सामेल छ ।

अध्ययनमा १ हजार विद्यार्थी सामेल थिए । जुन देखि डिसेम्बर २०१८ मा यो अध्ययन गरिएको थियो । सो अध्ययनअनुसार मोबाइल अत्यधिक प्रयोग गर्ने विद्यार्थी पेय पदार्थ, फस्ट फुडलगायतका खाना खान्छन् । साथै अभ्यास कम गर्छन् ।

यसले मानिसको मेटाबोलिज्म सुस्त हुन थाल्छ र निद्रा नलाग्ने समस्या बढ्छ । जसको कारण तौल बढ्न थाल्छ । शोधकर्ता तथा हृदय रोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टीला–मोरोनका अनुसार अध्ययनमा बिरामिको हातमा भएको मोबाइल स्वास्थ्य बिगार्ने प्रमुख कारण हो ।

लगातार मोटोपना बढ्नुले मुटुको रोग पनि लाग्न सक्छ । अनुसन्धानमा पाइएअनुसार २५ प्रतिशत विद्यार्थी धेरै तौलका थिए । जो प्रतिदिन ५ घण्टाभन्दा बढी समय मोबाइल चलाउँथे ।

टेक्सासका राइस युनिभर्सिटीका अनुसार फोनको अत्यधिक प्रयोग गर्ने मानिसलाई फास्ट फुड दिने हो भने उनीहरुको आफूमाथिको नियन्त्रण कम हुन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : १७ बजे

नेप्से एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार