खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ | Khabarhub Khabarhub

खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरु खान नपाएर भन्दा खान नजानेर रोगको शिकार बनिरहेका हुन्छन् । यही कारण विभिन्न स्वास्थ्यसँग सम्बन्धित विविध समस्या झेल्दै आएका छन् ।

चिकित्सक भन्छन्, आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरिरलाई सञ्चो त गर्दैन नै त्यो खानेकुरा शरीरको लागि विष सरह बन्छ । केही त्यस्ता खानेकुरा जुन खाली पेट खान नहुने चिकित्सकहरु सुझाउँछन्-

दूध चिया:
प्रायः मानिसहरुले विहानै दुध चिया पिउने गर्छन् । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । त्यसको विकल्पमा मनताते पानी, वा तामाको भाडामा राखेको पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्छ । त्यस्दै दुध चियाको सट्टा विकल्पमा कालो चिया पिउन सकिन्छ ।

मसालेदार खाना:
विहानै खाजा खाने समयमा मसलेदार खाजा पनि खानु उत्तम मानिदैन । यसले स्वास्थ्यमा जोखिम निम्त्याउने चिकित्सकहरु बताउँछन् । यसले पेटमा एसिडिटी बढाउँछ । दिनभरी खाना नपच्ने समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिने खतरा बढ्न सक्छ ।

केरा:
खाली पेटमा केरा खानु पनि स्वास्थ्यका लागि राम्रो होइन । केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सक बताउँछन् ।

बिहानै खालीपेटमा सेवन गरेको केराबाट हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ । परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिन सक्छन् ।

गोलभेंडाः
गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर एकबिहानै खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको सम्भावना बढ्ने हुन्छ ।

अल्कोहलः
खाली पेटमा अल्कोहल खानु पनि विष सरह हुन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि देखाएका छन् । अझै घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले चिकित्सक भन्छन्, बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ नखानूस् ।

अमिलो फलः
खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा, अचार, लप्सी आदि फल खाली पेट खानु हुँदैन । अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बन्छ ।

सोडा पानी:
खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ । पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ ।

सखरखण्डः
सखरखण्डमा प्रशस्त प्रोटिन पाईन्छ । तर खाली पेटमा यसको सेवन राम्रो नहुने चिकीत्सकको भनाई छ । कारण के छ भने यसमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ । परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुन्छ ।

कोल्ड ड्रिङ्सः
खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यस्ता पदार्थमा हुने कार्बोनेट एसिड र पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकि हुने, वान्ता हुने, असहज हुने, बारम्बार पाद आउने जस्ता समस्या हुन्छ ।

औषधि:
औषधी कहिल्यै पनि खाली पेट खानु हुँदैन । बिरामी अवस्थामा शरीर एक त कमजोर भइरहेको हुन्छ त्यस्तो अवस्थामा खाली पेट औषधी नखान चिकित्सकहरु सुझाउँछन् । औषधि खाँदा त्यसको असर तत्काल देखिन्छ ।

प्रतिरक्षा प्रणाली कमजोर बनेको अवस्थामा खाली पेट औषधि खाँदा रोगले झन थला पार्ने अवस्था आउँछ । केही औषधी छोडेर प्राय औषधी डाक्टरले पनि खाना खाएपछि खानको लागि भन्नुको कारण पनि यहि नै हो ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : ४९ बजे

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना

काठमाडौं – काठमाडाैं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको