सैनिक पोशाकको अनियमितता रोक्न गृहको पत्राचार | Khabarhub Khabarhub

सैनिक पोशाकको अनियमितता रोक्न गृहको पत्राचार


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सैनिक पोशाकमा हुने अनियमितता रोक्ने पहल थालेको छ। पोशाकमा हुने अनियमितता रोक्न भन्दै गृहमन्त्रालयले सबै जिल्लामा पत्रचार गरेको छ । सैनिकको विशेष प्रकारको कपडा बिक्रीवितरण र पहिरनमा समेत एक रुपता ल्याउन गृहले परिपत्र गरेको हो ।

गृह मन्त्रालयले साउन १३ मा ७७ जिल्ला सहित प्रहरी प्रधान कार्यलयमा समेत पोशाकको सदुपयोग गराउन भन्दै पत्राचार गरेको हो।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पठाएको परिपत्रमा सेनाका सकलदर्जाले प्रयोग गर्ने क्यामोफ्लाइज कपडाको बेचबिखन र प्रयोग रोक्न भनिएको छ।

परिपत्रमा बन तथा वातावरण मन्त्रालय मातहत रहेका बन रक्षक र नीजि सुरक्षा कम्पनीहरूबाट खटिने गार्डले समेत प्रयोग गरेकोमा सेनाले आपत्ती जनाउदैं गृहलाइ पत्र लेखेको थियो।

सैनिक पोशाक गैर सैनिक र आपराधिक प्रवृतिका मानिसहरुले दुरुपयोग गर्ने गरेको घटनापछि सरकारले रोक लगाउने निर्णय गरेको हो। पत्रमा साउन ४ को सचिवस्तरीय निर्णय र साउन ६ को पत्रादेश अनुसार गृहले सबै जिल्ला र प्रहरीलाइ निर्देशन गरेको हो।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : १७ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही