सैनिक पोशाकको अनियमितता रोक्न गृहको पत्राचार « Khabarhub

सैनिक पोशाकको अनियमितता रोक्न गृहको पत्राचार


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सैनिक पोशाकमा हुने अनियमितता रोक्ने पहल थालेको छ। पोशाकमा हुने अनियमितता रोक्न भन्दै गृहमन्त्रालयले सबै जिल्लामा पत्रचार गरेको छ । सैनिकको विशेष प्रकारको कपडा बिक्रीवितरण र पहिरनमा समेत एक रुपता ल्याउन गृहले परिपत्र गरेको हो ।

गृह मन्त्रालयले साउन १३ मा ७७ जिल्ला सहित प्रहरी प्रधान कार्यलयमा समेत पोशाकको सदुपयोग गराउन भन्दै पत्राचार गरेको हो।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पठाएको परिपत्रमा सेनाका सकलदर्जाले प्रयोग गर्ने क्यामोफ्लाइज कपडाको बेचबिखन र प्रयोग रोक्न भनिएको छ।

परिपत्रमा बन तथा वातावरण मन्त्रालय मातहत रहेका बन रक्षक र नीजि सुरक्षा कम्पनीहरूबाट खटिने गार्डले समेत प्रयोग गरेकोमा सेनाले आपत्ती जनाउदैं गृहलाइ पत्र लेखेको थियो।

सैनिक पोशाक गैर सैनिक र आपराधिक प्रवृतिका मानिसहरुले दुरुपयोग गर्ने गरेको घटनापछि सरकारले रोक लगाउने निर्णय गरेको हो। पत्रमा साउन ४ को सचिवस्तरीय निर्णय र साउन ६ को पत्रादेश अनुसार गृहले सबै जिल्ला र प्रहरीलाइ निर्देशन गरेको हो।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : १७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता