जनयुद्धका सहिदलाई श्रद्धाञ्जली दिन परिसडाँडा पुगे मन्त्री भट्टराई « Khabarhub

जनयुद्धका सहिदलाई श्रद्धाञ्जली दिन परिसडाँडा पुगे मन्त्री भट्टराई


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र जनयुद्धका शहीदलाई श्रद्धाञ्जली अर्पण गरका छन् ।

मन्त्रीको शपथ लिएको भोलिपल्ट(विहीबार) आज मन्त्री भट्टराई तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय मदननगर बल्खु पुगी भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बल्खुबाट मन्त्री भट्टराईले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनी पार्टी कार्यकर्ता, समर्थकसहित पूर्व माओवादीको कार्यालय पुगेका थिए ।

जनयुद्धका सहिद र वेपत्ताहरुको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर मन्त्री भट्टराईले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली पछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले नेकपालाई यो स्थानसम्म ल्याउन सहिद र वेपत्ताहरुको महत्वपूर्ण भूमिका भएको बताए ।

भट्टराई तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पेरिसडाँडा पुगेर सहिदलाई श्रद्धाञ्जली दिने पहिलो मन्त्रीसमेत बनेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ४८ बजे

रुखमा अड्किएको बम जसले सम्झाउँछ माओकालीन चिनियाँ क्रान्ति 

चियाङ्सी– विश्वकै धेरै सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार १०५

बाँकेमा रासायनिक मल वितरण

नेपालगन्ज– जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल

स्वचालित प्रणाली अनुरुप सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको स्वागत गर्दै नेपाल यातायात

रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय

चीनमा कडा लगानी सुरक्षा नियम लागू

बेइजिङ– अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी