मौसमअनुसार गर्नुपर्छ मेकअप « Khabarhub

मौसमअनुसार गर्नुपर्छ मेकअप


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विशेषगरि युवती र महिलाले श्रृंगारमा विशेष ध्यान दिने गरेका हुन्छन् ।

तर कतिपयले भने जाडो मौसम र गर्मी मौसममा एकै खालका श्रृंगारका सामाग्रीको प्रयोग गर्ने गरका छन् । जसका कारण यो कहिलेकाही त्यति राम्रो देखिदैन । वा छालामा यसको प्रभावकारिता त्यति देखिँदैन ।

जाडोमा छाला सुख्खा हुन्छ भने गर्मी मौसममा छाला चिल्लो हुन जान्छ । यस्तो बेलामा एउटै खालको मेकअप किट र सामाग्री प्रयोग गर्दा उपयुक्तप हुँदैन । त्यसैले मौसम अनुसारको सामाग्री प्रयोग गर्न आवश्यक हुन्छ ।

जाडोमा मोइस्चराइजरको प्रयोग बढी गर्नुपर्ने हुन्छ । गर्मीमा छाला चिल्लो हुने हुनाले मोइस्चराइजरको बढी प्रयोग गर्न उपयुक्त हुँदैन ।

लिपिस्टिक

लिपिस्टिक सबै कलरमा उपलब्ध हुन्छ । स्किनअनुसार यसको प्रयोग गर्नुपर्छ । लिपिस्टिक सीधै ओठमा लगाउनु हुँदैन । गलत लिपिस्टिकले ओठलाई कालो बनाइदिन सक्छ । लिपबाम प्रयोग गरेपछि लिपिस्टिक लगाउनु उपयुक्त हुन्छ ।

प्राइमर

मेकअप गर्नुभन्दा पहिले प्राइमर प्रयोग गर्न सकिन्छ । दिनहुँ मेकअप गर्ने बानी भए अनिवार्य रूपमा प्राइमर लगाउनुपर्छ ।

गाजल

गाजल मेकअपमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । मार्कर लाइनर गाजल सजिलै प्रयोग गर्न सकिन्छ । वाटरप्रुफ गाजल प्रयोग गर्दा गाजल लामो समय टिक्छ ।

मस्कारा

मस्कारा मेकअपमा बढी प्रयोग हुने प्रोडक्टमध्ये एक हो । भोलुमवाला मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तो मस्कारा माथिदेखि तलसम्म र पुनस् तलदेखि माथितिर लगाउनुपर्छ । यसले परेलालाई नेचुरल देखाउँछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १२ : १६ बजे

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत– बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत