वर्षाका कारण सडक अवरुद्ध हुँदा किसाको घरमै कुहिन थाल्यो करोडौं मूल्यको आलु « Khabarhub

वर्षाका कारण सडक अवरुद्ध हुँदा किसाको घरमै कुहिन थाल्यो करोडौं मूल्यको आलु


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– अविरल वर्षासँगैको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि पूर्वी नेपालका पहाडी जिल्ला उदयपुरका  किसानले उत्पादन गरेको आलु बिक्री हुन सकेको छैन । बजारसम्म बिक्रीका लागि लैजाने बाटो नै बन्द भएपछि अहिले कराेडौं मूल्यका आलु गोदाममै कुहिन थालेको छ ।

उयदपुरको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यको आलु किसानको बारी र घरमै कुहिन थालेको छ ।

रौतामाई गाउँपालिका–६ माझखर्क टाट्नेका आलु उत्पादक कृषक गोम्बु शेर्पा भन्छन्, ‘वैशाख, जेठमा नै उत्पादन गरेको आलु असार लाग्ना साथ बिक्री गर्ने तयारीमा रहेका थियौँ, अचानक वर्षासँगै बाढी पहिरोले सडक भत्कन पुग्यो, अहिलेसम्म पनि सडक सञ्चालन हुन नसक्दा अन्यत्र बिक्री गर्न लागेको आफूहरुको आलु कुहिन थाल्यो ।’

‘यस्तै रौतामाई इनामेका कृषक कृष्णबहादुर तामाङको पनि गुनासो यस्तै छ,’ तामाङ भन्छन्, ‘आलु बारीबाट उठाएर भर्खरै बिक्री गर्ने तयारी भएको बेला सडक अवरुद्ध हुन पुग्यो, अहिलेसम्म सडक सञ्चालन हुन नसक्दा आफूहरुको आलु अहिले बिग्रन थालेको छ, तत्काल बिक्री गर्नुपर्ने आलु घरको कोठामा राख्नाले कुहिन थाल्यो ।’

माझखर्क इनामे, डिल्लीबर हुँदै मुर्कुची बजार भएर गाईघाट, सिराहाको लहान र सप्तरीको राजविराज तथा पूर्वी क्षेत्रको इटहरी र विराटनगरसम्म खरिद–बिक्री हुने गरेको आफूहरुको उत्पादित आलु यस पटक सडक अवरुद्धका कारण एक महिनासम्म बिक्री गर्न नपाउँदा आलु भण्डारन गरिएको कोठाहरुमा नै कुहिन थालेको इनामेकै अर्का कृषक हर्कबहादुर तामाङको गुनासो छ ।

यस्तै लिम्चुङबुको पल्लो माझखर्क सातदोबाटे र बराहमा उत्पादन गरिएको आलुहरु पनि अहिले सडक अवरुद्ध भएपछि अन्यत्र पैठारी गर्न नपाएपछि कुहिन थालेका कारण आलु बिक्रीबाट यस पटक आफूहरु ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको सातदोबाटेका कृषक खम्बराज कार्कीले दुखेसो पोखे ।

कार्कीका अनुसार यस क्षेत्रमा हिउँदे आलु मात्र करोडौँ मूल्यको उत्पादन हुने गरेको र यसपटक बिक्री नै गर्न नपाई सडक अवरुद्ध हुन पुगेको कारण बिक्री नहुँदा कुहिन थालेको छ ।

जिल्लाको सदरमुकाम गाईघाट हुँदै मुर्कुची, डिल्लीबजार, माझखर्क तथा गाईघाट, रौता, भुटार इनामे माझखर्क दुवै क्षेत्रका पहाडी सडकहरु असारको अन्तिम हप्ता आएको भीषण वर्षापछिको पहिरोले कतै सडक भत्किएको र कतै पहिराले सडकहरु पुरिएपछि पहाडी सडक अवरुद्ध हुन पुगेको सो क्षेत्रका जनप्रतिनिधिहरु बताउँछन् ।

कम्तीमा पनि सो पहाडी क्षेत्रको सडक अवरुद्ध खुलाउन महिनौँ दिनभन्दा बढी समय लाग्नेसमेत रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काको भनाइ छ । अहिले रौतामाई लिम्चुङबुङ, माझखर्क इनामे क्षेत्रको सडक अवरुद्ध खुलाउन पहल शुरु भएको पनि लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले जानकारी दिइन् ।

तत्काल सडक खुलाउन लिम्चुङबुङ गाउँपालिकाले २५ लाख रौतामाई गाउँपालिकाले १५ लाख खर्च गर्ने तयारी गरेको पनि सो गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १२ : ३८ बजे

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा