रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति « Khabarhub

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण सहमति भएको छ। रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार र शुक्रबार दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई एकअर्कासँग साटासाट गर्ने योजना बनाइएको छ।

मन्त्रालयका अनुसार पहिलो चरणमा बिहीबार दुवै पक्षबाट २००–२०० जना युद्धबन्दीलाई मुक्त गरी आदानप्रदान गरिसकिएको छ। रुसतर्फ फर्किएका सैनिकहरू हाल बेलारुसमा रहेका छन्, जहाँ उनीहरूलाई मानसिक परामर्श तथा स्वास्थ्य उपचार उपलब्ध गराइँदैछ।

रुसको विदेश मन्त्रालयले जानकारी दिएअनुसार शुक्रबार थप ३००–३०० जना युद्धबन्दीलाई मुक्त गरी साटासाट गर्ने कार्यक्रम तय गरिएको छ। यससँगै दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई रिहा गर्ने प्रक्रिया पूरा हुने बताइएको छ।

रुसका राष्ट्रपतिको सहयोगी भ्लादिमिर मेदिन्स्कीका अनुसार यो युद्धबन्दी आदानप्रदान स्विट्जरल्यान्डको जेनेभा शहरमा भएको वार्तामा पुगेको सहमतिअनुसार भइरहेको हो। फेब्रुअरी १७ र १८ मा जेनेभामा रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो।

उक्त वार्ता यस वर्षको तेस्रो चरणको कूटनीतिक संवाद थियो, जसमा युद्धसँग सम्बन्धित विभिन्न विषयका साथै मानवीय मुद्दाहरूमा पनि छलफल गरिएको थियो। युद्धबन्दी आदानप्रदानको निर्णय पनि सोही वार्ताको परिणामका रूपमा गरिएको बताइएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ७ : ४२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण