६ तला माथिबाट खसे ३ वर्षका बालक तर केही भएन (भिडियोसहित) « Khabarhub

६ तला माथिबाट खसे ३ वर्षका बालक तर केही भएन (भिडियोसहित)


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चीनको चोन्किङमा तीन वर्षीय एक बालक एउटा भवनको छैटौं तलाबाट खसेको भिडियो यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।  छैटौं तलाबाट खसेपनि उनलाई केही भएन ।

प्रहरीका अनुसार घटना हुँदा उनी घरमा एक्लै थिए ।

एक जना प्रत्यक्षदर्शी महिला जु यानहुईले भनिन्,‘मैले एउटा बच्चा त्यहाँ माथि झुण्डिएको देखें । पहिला मलाई समाउन मिल्ने सामान खोज्नुपर्छ भन्ने लाग्यो । म खाली हातले उनलाई समाउन सक्दिनथें ।’

भवनमा बस्ने मानिस र कर्मचारीले ती बालकलाई एउटा ठूलो कम्बलमा थापे ।

सबै मानिसले माथिबाट खस्दै गरेको बच्चालाई हेर्दै कम्बललाई समाते । उनी माथिबाट खसे । र कम्बलमा परे ।

त्यसपछि एकजना छिमेकीले बच्चालाई अस्पताल लगे । ती तीनवर्षे बालकलाई कुनै चोटपटक भने लागेन ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : १९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७