समाचार लेखेको भन्दै एनआरएन स्पेनद्वारा पत्रकार गजुरेललाई कारबाही ! | Khabarhub Khabarhub

समाचार लेखेको भन्दै एनआरएन स्पेनद्वारा पत्रकार गजुरेललाई कारबाही !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन–समाचार सत्यमा आधारित हुन्छ । सत्य तथ्य समाचार संप्रेषण गर्नु पत्रकार र संचार माध्यमको दायित्व पनि हो । तर सत्य तथ्य समाचार संप्रेषण गरेकै आधारमा कारबाहीमा पर्नु भनेको विडम्बा मात्रै होइन यथार्थपरक र सत्य समाचार संप्रेषण गर्नबाट निरुत्साहित गर्नु पनि हो ।

यसले पत्रकार र संचार माध्यमलाई समाचार संप्रेषण गर्नबाट निरुत्साहित गर्छ र जनताको सूचना प्राप्त गर्ने हकलाई समेत हनन गर्छ । यो संविधानमा व्यवस्था भएको सूचनाको हकको हनन पनि हो ।

स्पेनमा रहेर पत्रकारिता गर्दै आएका र नेपाल समाचारपत्रका लागि समग्र युरोपको रिपोर्टिङ गर्दै आएका दीपेन्द्र गजुरेलको हकमा पनि यस्तै भएको छ । उनले स्पेनमा सडक दूर्घनामा पुजन कोइरालाको मृत्युबारे लेखेको समाचारलाई लिएर एनआएन स्पेनले कारबाहीको चेतावनी दिएको छ ।

तस्बिरसहित प्रकाशन भएको उक्त समाचारलाई लिएर एनआरएनएले गजुरेललाई कारवाही गर्ने निर्णय गरेको हो ।

२०१९ को जुलाई २८ आइतबार बसेको गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्षन श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा बसेको बैठकले गरेको ६ बुंदे निर्णयमा बुंदा नम्बर ६ मा पत्रकार गजुरेललाई कारबाही गर्ने भनिएको छ ।

प्रकाशित समाचारले एनआरएनए स्पेनको छविमाआँच आउने कार्य गरेको, लासमाथिको राजनीति गरेको, दुर्घटनमा परि दुःख परेको समयमा अतिरञ्जित गर्दै स्पेनवासी नेपालीको भावनामा खेलको आरोप गजुरेलमाथि लगाइएको छ ।

उक्त निर्णयमा गजुरेल बिरुद्ध छानविन गरी कारबाहीका लागि अनुशासन समितीलाई सिफारि गर्ने निर्णय पनि गरिएको छ ।

घटना घटेको एक दिन पछि स्पेनिश समाचारपत्रहरूमा नेपाली युवाको मृत्यु परिचय नखुलेको भनेर आएपछि प्रवासमा रहेका नेपालीहरूको आफ्न्त चिन्तित भएका थिए । त्यसै क्रममा नेपाली दुतावासका काबा राजदुत हरिहर कान्त पौडेलले सुचना सम्प्रेषण गर्नुपर्छ हामी वा पाठकहरूले सुचना संञ्चार गृहबाट थाहा पाउने बताए ।

काबा राजदुत पौडेलले भने सत्य घटनाहरू बाहिर नआए अतिरञ्जित हुन्छ कस्को मृत्यु भयो केहि पत्तो लाग्दै त्यसैले सहि समाचार सहि समयमा आउँदा सम्बन्धित निकायलाई आआफ्नो काम कर्तव्य र दायित्व गर्न सजिलो हुने समेत बताए । समाचार लेखेकै भरमा पत्रकार माथि यस्तो गतिविधि गर्नु राम्रो नभएको समेत बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ०५ बजे

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा

बङ्गलादेशमा युनुसको नेतृत्वमा चुनाव गर्न चुनौती

ढाका- विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश

जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ

भदौ २३ को दिन नेपाली इतिहासमा एउटा महत्वपूर्ण मोडको रुपमा

चितुवाले आक्रमण गर्दा एक जनाको मृत्यु

नेपालगञ्ज– यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

कर्णाली– कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेन-जी प्रदर्शनका क्रममा भएका