पहिचान खुल्ने डरले असुरक्षित गर्भपतन गराउँछन् अविवाहित महिला « Khabarhub

पहिचान खुल्ने डरले असुरक्षित गर्भपतन गराउँछन् अविवाहित महिला


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती प्रादेशिक अस्पतालमा १ वर्षको अवधिमा २ सय ५८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । अस्पतालमा गर्भपतन गराउनेमा २० वर्ष माथिका २ सय ३४ जना छन् भने १६ देखि २० वर्षका २४ जना महिला रहेका छन् ।

अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर दुर्गा रेग्मीका अनुसार अघिल्लो वर्षको भन्दा यसवर्ष गर्भपतन गराउने महिलाको संख्या बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा २ सय २३ जनाले गर्भपतन गराएकोमा आर्थिक वर्ष २०७५/७६ मा २ सय ५८ जनाले गर्भपतन गराएका हुन् ।

अस्पतालमा सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित महिलाहरु पनि रहेका छन् । उनीहरुले गर्भपतनका लागि आउँदा आफ्नो वास्तविक नाम र ठेगाना नबताउने गरेको अस्पतालका चिकित्सक विनोद सिंहले बताए ।

केही महिलाहरु आफ्नो परिचय खुल्ने डरले असुरक्षित गर्भपतन गराइ स्वास्थ्यमा समस्या देखिएपछि मात्रै अस्पताल आउने गरेको डा सिंहले बताए ।  उनका अनुसार हरेक महिना ४ देखि ५ जना महिलाहरु अन्यत्र असुरक्षित गर्भपतन गराएर स्वास्थ्य समस्या देखिएपछि मात्रै अस्पतालमा आइपुग्ने गरेका छन् ।

पछिल्लो समय गर्भपतन गराउने महिलाहरु बढ्दै गएकाले गर्भपतन गराउनुभन्दा परि परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।

अस्पतालले १२ हप्तासम्मको गर्भ महिलाको इच्छाअनुसार गर्भपतन गराउँदै आएको छ भने १२ देखि १८ हप्तासम्मको गर्भ बलात्कार, हाडनाता कसरी र गर्भका कारण आमाको ज्यान जोखिममा रहेको प्रमाणित भएमा गर्भपतन गर्ने गरेको छ ।

अस्पतालमा सुरक्षित गर्भपतनका लागि दाङ, सल्यान, रुकुम र रोल्पाबाट गर्भवतीहरु आउने गर्छन् । अस्पतालमा हुने गर्भपतन सेवा निशुल्क रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : ४५ बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो