छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर, सर्लाही, नवलपरासी पूर्व, चितवन र मकवानपुरका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ चरेलीमा बा १० च ४०२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सवार सिन्धुली घर भएका ३२ वर्षीय कान्छा राई छन् ।

दुर्घटनामा घाइते भएका चालक दोलखा मैलुङ्ग गाउँपालिका–१ घर भएका २० वर्षीय प्रदिप राउतलाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर
गरिएको छ ।

भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघमा ना ६ त ८६८ नम्बरको ट्याक्टरमा प्रदेश ३–०२–००३ प ५५२९ नम्बरको मोटरसाइकल बुधबार राति
ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सुनपाते गाउँपालिका–४ घर भएका २२ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप घर भएका रोज बहादुर थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको कविलासी नगरपालिका–८ मा भारतीय नम्बर प्लेटको बीआर ०६ पीई २८२२ टयाम्पोको ठक्करबाट सोही ठाउँ बस्ने रञ्जित चौधरीको ३ वर्षीय छोरा रक्की चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टयाम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्व (नवलपुर)को कावासोती नगरपालिका–१६ सात घरेमा  ना ६ ख ३४०१ नम्बरको ट्रकसँग ना ३७ प २६०० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कावासोती नगरपालिका–१५ गुडार बस्ने ५८ वर्षीय राम प्रसाद अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–६ जलबिरेमा ना ७ ख ३९३९ नम्बरको कन्टेनर बुधबार दिउँसो अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खस्दा चालक पर्सा वीरगंज घर भएका ३६ वर्षीय कमलेश साहको कन्टेनरले च्याँपिएर मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका कन्टेनरका सहचालक पर्सा वीरगंज घर भएका २० वर्षीय अजय साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लगिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका(३ बसामाडी लेवटस्थित सडकमा ना ६ ख १५०० नम्बरको ट्रकले ना ३८ प ५३३२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने ३० वर्षीय शौरभ सुवेदी र १८ वर्षीय अस्मित सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनामध्ये शौरभ सुवेदीको चुरेहील हस्पिटल र अस्मित सुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : १५ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा